गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचार, स्वास्थ्यमधेस आन्दोलनको पक्षमा समाचार नदिएको भन्दै जनकपुरका युवाले टिभी फुटाए

मधेस आन्दोलनको पक्षमा समाचार नदिएको भन्दै जनकपुरका युवाले टिभी फुटाए

September 26, 2015४०९ पटक

शैलेन्द्र महतो । जनकपुरधाम, असोज ९ – मधेशमा डेढ महिनादेखि चलिरहेको आन्दोलनको समाचार नदिएको भन्दै जनकपुरमा युवाहरुले टिभी सेट फुटाएका छन् । राष्ट्रियस्तरका सञ्चार माध्यमले मधेश आन्दोलनको समाचार बंग्याएर एवं Janakpur tvनकरात्मक हिसाबले मात्र दिने गरेको उनीहरुको आरोप छ । मधेश आन्दोलनलाई समर्थन नगरेको भन्दै टिभी सेट फुटाउने युवाहरुले बोकेको ब्यानरमा भने राष्ट्रिय मिडियाहरु जातिवादी भएकोले मधेशी युवाहरु यसको विरोध गर्छन भनेर लेखिएको थियो ।Janakpur tv 1 जनकपुरको पिडारीचोकमा शनिवार दर्जनौं सेट टिभी फुटाएर युवाहरुले जलाउँदै गर्दा हेर्नेहरुको भीड लागेको थियो । केहि दिनअघि मात्र जनकपुरमा यूवाहरुले कान्तिपुर, अन्नपूर्ण पोष्ट, नागरिक, नयाँ पत्रिकालगायतको राष्ट्रिय पत्रिकाहरुसमेत जलाएको थिए ।
तस्बिर साभार : विरेन्द्र केएमको फेसबुकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण