गृहपृष्ठ » अार्थिक, पत्रपत्रीका, मुख्य समाचार, समचारअब ब्यवसायीको पनि वर्गिकरण हुने

अब ब्यवसायीको पनि वर्गिकरण हुने

September 27, 2015३३२ पटक

१० असोज, काठमाडौ । सरकारले कर प्रणालीलाई अझ ब्यवस्थित बनाउन ब्यवसायीहरुको बर्गिकरण गर्ने भएको छ । ब्यवसायिक वातावरण बनाउन ब्यवसायीको वर्गिकरण आवश्यक रहेको भन्दै सरकारले साना-ठूला ब्यवसायीको कारोबार र ब्यवसायीको प्रकृति हेरेर वर्गिकरण गरिने बताइएको छ ।

VAT-Logoआन्तरिक कर प्रशासनमा काम गरिरहेको आन्तरिक राजश्व विभागले साना ब्यवसायीलाई कर प्रशासनमा सरलीकृत गरी खुद्रा ब्यापारी तथा साना करदाताहरुमा नयाँ कर नीतिले पारेको प्रभावलाई क मगर्दै लगिने दावी गरेको कारोबार दैनिकमा खबर छ ।

विभागका महानिर्देशक चुडामणी शर्माले आर्थिक ऐन २०७२ मा मूल्य अभिवृद्धि कर (भ्याट)को सीमा (थ्रेसहोल्ड) बढाउने बारेमा ब्यापक मतभेद रहेकोले मध्यमार्गी बाटो अपनाइएको बताए ।

‘कसैले १ करोड पाउनुपर्ने, कसैले थ्रेसहोल्ड नै राख्न पाउनुपर्ने, कसैले थ्रेसहोल्ड नै राख्न नहुने त कसैले विद्यमान ब्यवस्था नै ठीक भएको अडान लिएकाले उच्चस्तरीय कर प्रणाली पुनरावलोकन आयोगको सिफारिसमा थ्रेसहोल्ड ५० लाख पुर्याइएको हो,’ उनले भने, ‘यसअघिको २० लाखको सीमा र अहिलेको बढेको सीमामा कुनै समस्या आए सहज तरिकाले समाधान खोजिन्छ । तर कर छल्नेलाई छाडिदैन ।’

भूकम्पबाट पूर्ण रुपमा ब्यवसाय ध्वस्त भएका पूर्वअनुमानित आय विवरण बुझाउने साना करदाताले जिल्ला दैवीप्रकोप उद्धार समितिको सिफारिससहित आय विवरण बुझाए आर्थिक वर्ष ०७१/०७२ लागेको आयकर, घरबहाल कर र अन्तःशुल्क, इजाजत नवीकरण दस्तुर मिनाहा हुने ब्यवस्था गरिएको उनले बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण