गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारसुनौलीबाट रित्ता ट्रक मात्र छाडियो

सुनौलीबाट रित्ता ट्रक मात्र छाडियो

September 27, 2015२०७ पटक

१० असोज, काठमाडौं । सुनौलीबाट बेलहिया हुँदै शनिबार १३ सवारी साधन नेपाल प्रवेश गरेका छन् । तीमध्ये तीनवटा ट्रक र १० वटा बस छन् । मालबाहक ट्रक तथा पेट्रोलियम बोकेका ट्यांकर भने भारतीय सीमा सुरक्षा बलले रोकेको छ ।

यो नाकाबाट दैनिक चार सयभन्दा बढी मालबाहक गाडी दैनिक नेपाल प्रवेश गर्ने गरेको नयाँ पत्रिकामा खबर छ ।

केन्द्र सरकारको आदेश भन्दै एसएसबीले पेट्रोलियम पदार्थ र ग्यासका बुलेट छाडेका छैनन् । नेपालमा प्रवेश रोकेपछि भारतीय सीमामा हजारौं मालबाहक गाडीको लाम छ । मालबाहक गाडी नआउँदा दैनिक करिब आठ करोड राजस्व उठाउने बेलहिया भन्सारले चारदिनयता जम्मा एक करोड ५० लाख राजस्व मात्रध संकलन गरेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण