गृहपृष्ठ » मुख्य समाचार, समचारआजदेखि देशभरका सवारीसाधनमा जोरबिजोर प्रणाली सुरु ।

आजदेखि देशभरका सवारीसाधनमा जोरबिजोर प्रणाली सुरु ।

September 27, 2015१६७ पटक

sabari
काठमाडौं,असोज १०-सरकारले आजदेखि लागू हुनेगरी देशभर सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारीसाधन सञ्चालन हुने बताईएको छ ।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार अत्यावश्यकीय सवारीसाधनबाहेक अन्य सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने मन्त्रालयले निर्णय गरेको हो ।

अत्यावश्यकीय सवारीसाधनको रूपमा सुरक्षा निकायका सवारीसधान, एम्बुलेन्स, दमकल, शबवाहन, तरकारी, फोहोर बोक्ने, दुध बोक्ने, पानी बोक्ने सवारीसाधनमा भने जोरबिजोर प्रणाली लागू नगरिने उहाँले जानकारी दिनुभयो ।
यो व्यवस्थाबाट सर्वसाधारणमा पर्न जाने असरप्रति संवेदनशील हुँदै आपूर्ति सहज गराउन सरकार प्रत्यनशील रहेको र आपूर्तिमा सुधार नभएसम्मको लागि धैर्य गरी पेट्रोलियम पदार्थको उपभोगमा मितव्ययिता अपनाउन र अनावश्यक रूपमा सञ्चय नगर्न पनि सबैमा अनुरोध गरेको छ ।
पछिल्लो समय भारतबाट पेट्रोलियम पदार्थको सहज आपूर्तिमा कठिनाइ उत्पन्न भएकाले जोरबिजोर प्रणाली लागू गरिएको प्रवक्ता ढकालको भनाइ थियो ।सरकारले पेट्रोलियम पदार्थको सकभर कम प्रयोग गर्नसमेत सर्वसाधारणमा आग्रह गरेको छ ।
पेट्रोलियम पदार्थको कालोबजार र कृतिम अभाव नगर्न आग्रह गर्दै सो गरेको पाइए कारवाही गर्ने गृह मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण