चीनले विकासशील मुलुकलाई सहयोग गर्न कोष स्थापना गर्ने
असोज १० – चीनले विकासशील मुलुकलाई सहयोग गर्न कोष स्थापना गर्ने भएको छ । चीनका राष्ट्रपति सि जिनपिङले विश्वका विकासशील मुलुकको सहयोगका लागि दुई अर्ब अमेरिकी डलरको कोष स्थापना गर्ने घोषणा गर्नु भएको हो ।
संयुक्त राष्ट्रसंघको ७० औं महासभालाई अमेरिकाको न्युयोर्कमा सम्बोधन गर्दै चिनिया राष्ट्रपति सिले कोष रकम निरन्तर बढाउने प्रतिबद्धता जनाउनुभएको छ । कोषको रकम आउँदो १५ वर्षमा १२ अर्ब अमेरिकी डलर पुर्याउने सिले बताउनुभयो । उहाँले विश्वकाकम विकसित देशले आफूसँग लिएको ऋण पनि मिनाह गर्ने बताउनुभयो । शान्ति र विकास विकसित विश्वका लागि महत्वपूर्ण पक्ष भएकाले आफ्नो देशले त्यसमा पहल कदमी लिएको राष्ट्रपति सिले बताउनुभयो । आउँदो पाँच वर्षमा विश्वका ६ सय परियोजनालाई सहयोग गर्ने र छात्रवृत्ति पनि बढाउने राष्ट्रपति सिको भनाई छ ।
– एजेन्सीको सहयोगमा