उपेन्द्र यादव सीमानाकामा धर्ना बस्न खोज्दा प्रहरी हस्तक्षेप, भारतीय सुरक्षाकर्मी तैनाथ
मोरङ– नेपाल–भारत सीमा अन्र्तगत विराटनगरको रानी भन्सारको २ नम्बर ढाटमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव धर्नामा बस्न खोज्दा प्रहरीले हस्क्षेप गरेपछि दसगजा क्षेत्रमा प्रहरी र प्रर्दशनकारीबीच झडप भएको छ ।
यादवसहित मधेसी मोर्चाका कार्यकर्ताले दसगजा क्षेत्रमा धर्ना बस्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दा दोहोरो झडप भएको हो ।
झडपका क्रममा प्रहरीको लाठी प्रहारबाट मोर्चाका दर्जन बढि कार्यकर्ता घाइते भएको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य जयराम यादबले बताए ।
उक्त क्षेत्रमा तनाव बढेपछि भारतीय सीमा सुरक्षा बल एसएबीको बाक्लो उपस्थिति रहेको छ ।दशगजामा तनाब बढेपछि भारतीय प्रहरीले अहिले बोर्डर सिल गरेको छ । संयूक्त मधेशी मोचाको पुर्वघोषीत कार्यक्रम अनुसार आइतबार संघिय समाजबादी फोरम नेपालका अध्यक्ष आफ्नो कार्यकर्ता सहित नेपाल भारतको नाका रानी भन्सारमा धर्नामा बसेको केहि घण्टामै प्रहरीले हस्तक्षेप गरेको थियो ।
बिराटनगर भन्सार कार्यालयको दुइ नम्बर गेटमा अध्यक्ष यादव सहित , जिल्ला अध्यक्ष राजकुमार यादव लगायतका नेता तथा कार्यकताहरु धर्नामा बसेका हुन् ।
उता पुर्व सभासद जयराम यादवको नेतृत्वमा ठुलो संख्यामा रहेका कार्यकताहरु १ नंम्बर गेटमा धर्नामा बस्न खोजेपछि प्रहरीले बस्न नदिने बताएपछि प्रहरी संग झडप भएको हो मोर्चाको असोज ५ र ६ गते राजबिराजमा बसेको बैठकले नाकाबन्दी र राजमार्ग केन्द्रीत आन्दोलन गर्ने निर्णय गरेका थिए ।
लामो समय देखि मोर्चाले गरेको बन्दका कारण अतिआवश्यक खाद्यान्न लगायतका सामाग्री भारत बाट आउन नसक्दा बजारमा कालोबजारी बढेको छ । यता मोर्चाले आफ्ना माग पुरा नभए सम्म राजमार्ग र भन्सार केन्द्रीत आन्दोलनलाइ निरन्तरता दिइने बताएको छ ।
भन्सार केन्द्रीत आन्दोलन मोर्चाले गरे संगै सुरक्षा स्थिती बढाइएको प्रहरीले जनाएको छ ।