गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचार, सूचना प्रविधीमोदीले आज राति फेसबुकको मुख्यालयबाट लाइभ च्याट गर्दै

मोदीले आज राति फेसबुकको मुख्यालयबाट लाइभ च्याट गर्दै

September 27, 2015३९६ पटक

नेपालीहरुले सोधे- नेपालमाथि भारतको किन हस्तक्षेप?27092015070657jukarbaerg-600x0

आश्विन १०,     २०७२- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार विश्वमै धेरै मानिसले प्रयोग गर्ने सामाजिक सञ्जाल फेसबुकको अमेरिकास्थित मुख्यालय भ्रमण गर्दै छन् । दुई साताअघि नै फेसबुकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मार्क जुकरबर्गले मोदीले फेसबुकको मुख्यालय भ्रमण गर्ने र उक्त अवसरमा लाइभ भिडियो च्याट गर्ने जानकारी दिएका थिए ।

संयुक्त राष्ट्रसंघको ७० औं महासभामा भाग लिन अमेरिका पुगेका मोदीले फेसबुकको मुख्यालय पनि भ्रमण गर्न लागेका हुन् । जुकरबर्गले फेसबुक प्रयोगकर्ताले मोदीलाई आफूले जान्न चाहेका प्रश्नहरु सोध्न आग्रह गरेका छन् । जुकरबर्गले आफ्नो स्ट्याटसको कमेन्टस्‌मा प्रश्नहरु सोध्न आग्रह गरेका छन् । मोदीले ती प्रश्नको जवाफ लाइभ च्याटमार्फत दिने बताइएको छ ।

मोदीले जुकरबर्गसँगै रहेर प्यासिफिक समय अनुसार बिहान साढे नौ बजे (नेपाली समयअनुसार राति सवा १० बजे) बाट लाइभ च्याट सुरु गर्नेछन् ।

जुकरबर्गले मोदीसँग लाइभ च्याट गर्ने भनेपछि नेपाल र नेपाल बाहिर रहेका नेपालीहरुले जकुरबर्गको स्ट्याटसमा थुप्रै प्रश्न राखेका छन् । नेपालले गत आइतबार नयाँ संविधान जारी गरेपछि ‘अघोषित नाकाबन्दी’ गरेकोमा असन्तुष्टि जनाउँदै नेपालीहरुले मोदीमाथि प्रश्न राखेका छन् ।

अहिलेसम्म ५० हजारभन्दा बढी कमेन्टस्‌‌मा मोदीलाई प्रश्न आइसकेका छन् । त्यसमा क्यान्डीक्रसदेखि सामाजिक सञ्जाल र नेपाल भारतको सम्बन्धका विषयका जिज्ञासा राखिएका छन् ।

कमेन्टस्‌मा आफ्ना प्रश्न राख्न जुकरबर्गको आग्रह :

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण