गृहपृष्ठ » मुख्य समाचार, राजनीतिनाकाबन्दी खोल्न २ सरकारबीच तत्काल छलफल हुनु पर्ने एमाओवादी निष्कर्ष

नाकाबन्दी खोल्न २ सरकारबीच तत्काल छलफल हुनु पर्ने एमाओवादी निष्कर्ष

September 27, 2015१५० पटक

काठमाडौं, असोज १० – एकीकृत नेकपा माओवादीले भारतल गरेको अघोषित नाकाबन्दी खोल्न नेपाल सरकारले भारत सरकारसँग तत्काल कुरा गर्नु पर्ने ठहर गरेको छ ।

आइतबारदेखि सुरु भएको एकीकृत नेकपा माओवादीको केन्द्रिय समिति बैठकले मधेसमा चलिरहेको आन्दोलन राजनीतिक तवरबाट साम्य हुनु पर्ने र त्यसका लागि सरकार र अरु दल जिम्मेवार हुनु पर्ने निष्कर्ष पनि निकालेको छ । बैठकले शनिबार पार्टी परित्याग गरेको घोषणा गरेका नेता डाक्टर बाबुराम भट्टराईलाई पार्टीमा फर्कन आग्रह पनि गरेको छ ।

गल्तीको समिक्षा गर्दै भट्टराईलाई पार्टीमा फर्कन आग्रह गरेको र बैठकले उहाँका असन्तुष्टिलाई समाधान गर्न पार्टी पंक्ति एक हुनु पर्ने निष्कर्ष निकालेको प्रवक्ता दिननाथ शर्माले जानकारी दिनुभयो । बैठकमा केन्द्रिय सदस्यहरुले पार्टीलाई सुध्रिढ बनाउन तत्काल लाग्ने प्रण गरेका उहाँले बताउनुभयो ।

बैठकमा आइतबार उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधान निर्माण प्रक्रिया र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक विषयमा केन्द्रिय सदस्यहरुलाई जानकारी दिनुभयो ।

प्रचण्डले पार्टी परित्याग गरेका भट्टराईसँग शुक्रबार मात्र आफूले छलफल गरेको र छलफलमा उहाँले कुनै असन्तुष्टि नदेखाएको जानकारी दिनुभयो । भट्टराईले पार्टी परित्याग गरेको घोषणा गर्नुअघि शनिबार ३ बजे पार्टी छाडेको पत्र बुझाएको र त्यो पत्र हेरेर आफ्नो मनमा चिसो पसेको प्रचण्डले बताउनुभयो ।

आइतबार बिहान आफूले भट्टराईलाई भेटेर पार्टीमा फर्किन आग्रह गरेको जानकारी दिँदै प्रचण्डले उहाँसँग सदभाव रुपमा कुराकानी भएको जानकारी दिनुभयो । तर भट्टराईले पार्टीप्रति शुभेच्छा रहेको भन्दै निर्णय परिवर्तन गर्न अस्वीकार गरेको प्रचण्डले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण