बाबुराम निकट मानिएका टोपबहादुर र देवेन्द्र लाजिम्पाटमा
काठमाडौं- एमाओवादीका नेता बाबुराम भट्टराईले अचनाक बैठक छाड्ने निर्णय गरेको भोलिपल्टै पार्टीको स्थायी समिति बैठक बसेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको बैठकमा बाबुराम निकट मानिएका टोपबहादुर रायमाझी र देवेन्द्र पौडेल पनि सहभागी थिए। बैठकले नेता भट्टराईलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न सुझाव दिएको छ।
‘बाबुरामजीको अप्रत्यासित राजीनामाले हामी स्तब्ध भएका छौं,’ बैठकपछि पार्टी नेता नारायणकाजी श्रेष्ठले भने, ‘आफ्नो निर्णयमा पुनर्विचार गर्न बाबुरामजीलाई आग्रह गरेका छौं।’
त्यस्तै आज ११ बजे बोलाइएको पार्टीको केन्द्रीय समिति बैठक २ बजेका लागि सारिएको छ।