गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारतेलको कोटा निर्धारण

तेलको कोटा निर्धारण

September 27, 2015१७९ पटक

काठमाडौं-भारतले अघोषित नाकाबन्दी लगाएपछि नेपाल आयल निगमले स्टक तेल वितरणका लागि कोटा निर्धारण गरेको छ। भारतबाट पाँच दिनदेखि निरन्तर रुपमा तेल नेपाल आउन नसकेपछि निगमले भएको स्टकलाई व्यवस्थित गर्न कोटा निर्धारण गरेको हो। निगम व्यवस्थापकको निर्णयले भोलि (सोमबार) देखि तोकिएको कोटालाई कडाइका साथ लागू गर्ने भएको छ।
निगमले भएको स्टकलाई व्यवस्थित र आवश्यकता अनुसार वितरण गर्ने उद्देश्यले कोटा निर्धारण गरेको हो। ‘जति स्टक छ, त्यसलाई तोकिएको कोटा अनुसार वितरण हुन्छ,’ निगमका प्रवक्ता दीपक बरालले भने, ‘निगम व्यवस्थापनले सबै खाले सवारी साधनलाई तेलको कोटा तोकेको हो ।’

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण