गृहपृष्ठ » मुख्य समाचार, राजनीतिपार्टी परित्यागबारे पुनर्विचार गर्न भट्टराईलाई केन्द्रिय समितिको आग्रह

पार्टी परित्यागबारे पुनर्विचार गर्न भट्टराईलाई केन्द्रिय समितिको आग्रह

September 27, 2015१५६ पटक

काठमाडौं- एकीकृत नेकपा माओवादीको आइतबार बसेको केन्द्रिय समिति बैठकले बाबुराम भट्टराईलाई पार्टी परित्यागबारे पुनर्विचार गर्न आग्रह गरेको छ।

‘अप्ठेरो परिस्थितिमा उहाँले गरेको राजीनामाले कसैलाई पनि फाइदा गर्दैन, केन्द्रिय समितिले राजीनामाबारे पुनर्विचार गर्न आग्रह गरेको छ’, एमाओवादी सचिव वर्षमान पुनले भने,’उहाँको राजीनामाबारे अन्य टिकाटिप्पणी नगर्ने निर्णय भएको छ।’

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले भट्टराईको राजीनामाले असामायीक भएको बताएका थिए।

यस्तै बैठकले मधेस आन्दोलनलाई बार्ताबाट समाधान गर्न सरकारलाई अपिल गर्ने निर्णय गरेको छ।

आन्दोलनरत पक्षलाई पनि बार्तामा आएर समाधान खोज्न आग्रह गरेको छ। यस्तै आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार र झुठा मुद्दा खारेज गर्ने पनि बैठकले भनेको छ।

भारतले नेपाल माथि लगाएको अघोषित नाकाबन्दीको एमाओवादीले विरोध गरेको छ। बैठकले नाकावन्दी अविलम्व सहज गरियोस भनेर भारतलाई भन्ने र नेपाल सरकारलाई कुटनीतिक प्रयास गर्न आग्रह गर्ने निर्णय गरेको छ।

बैठकमा भट्टराई पक्षधर नेताहरुको पनि उपस्थिति रहेको थियो। बैठकमा उनी पक्षधर नेता टोपवहादुर रायमाझीले भट्टराईको राजीनामाबारे १५ मिनेट अघि मात्र आफुले जानकारी पाएको बताएका थिए।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण