गृहपृष्ठ » मुख्य समाचार, समचारटिकापुरमा खटिएको सेना ब्यारेक फर्कने

टिकापुरमा खटिएको सेना ब्यारेक फर्कने

September 27, 2015१५२ पटक

काठमाडौं, असोज १० – स्थानीय प्रशासनको अनुरोधमा कैलालीको टिकापुरमा खटिएको नेपाली सेना व्यारेक फिर्ता हुने भएको छ । सैनिक जनसम्पर्क निर्देशनालयले आइतबार बिज्ञप्ति निकाल्दै स्थानीय प्रशासनलाई सहयोग गर्ने काममा खटिएको सेना असोज ११ गते ब्यारेक फर्कने जानकारी दिएको छ ।

भदौ ७ गते कैलालीको टिकापुरमा प्रहरी उच्च अधिकारीको ज्यान गएपछि सरकारले तराई मधेशका केहि जिल्लालाई दंगाग्रस्त क्षेत्र घोषणा गरेपछि स्थानीय प्रशासनको अनुरोधमा सेनाले शान्ति सुव्यवस्था कायम राख्ने काम गरेको थियो ।

कैलालीको टीकापुरको सुरक्षास्थिति सामान्य भएको हुँदा स्थानीय प्रशासनको निर्णय अनुरुप लिखित अनुरोधमा असोज ११ गते नेपाली सेना व्यारेक फिर्ता हुने निर्देशनालयले जनाएको छ ।

नेपाली सेनालाई शान्ति स्थापनार्थ आफ्नो जिम्मेवारी कायम राख्न सहयोग गर्ने स्थानीय प्रशासन, विभिन्न सुरक्षा निकाय, स्थानियबासिन्दा, संचारकर्मी तथा सम्बन्धित सबैलाई निर्देशनालयले धन्यवाद पनि दिएको छ । आन्दोलनरत मधेसी मोर्चाले सरकारसँग वार्ताका लागि सेनालाई ब्यारेक फर्काउनु पर्ने सर्त राख्दै आएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण