गृहपृष्ठ » मुख्य समाचार, समचारगुल्मीमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाईयो ।

गुल्मीमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाईयो ।

September 28, 2015१४६ पटक

गुल्मी,असौज ११-गुल्मीमा पनि भारतीय हस्तक्षेपको विरोधमा विभिन्न विद्यार्थी संगठनले आईतबार संयुक्त रुपमा बिरोध जुलुसको आयोजना गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छ्न ।
बिद्यार्थी संगठनले सदरमुकाम तम्घासमा बिरोध सभा गर्दै प्रधानमन्त्री नरेन्द मोदीको पुत्ला जलाएका हुन ।संविधान जारी गरिएपछि असन्तुस्ट भारतले अघोषित रुपमा लगाएको नाकावन्दी तथा अन्य राजनैतिक विषयमा अनावश्यक हस्तक्षेप गरेको भन्दै अनेरास्ववियु, नेवि संघ, तथा अनेरास्ववियु क्रन्तिकारीले सयुक्त रुपमा भारतिय हस्तक्षेपको विरोध गरेका छन्
विद्यार्थिहरुले भारतीय हस्तक्षेप बन्द गर, नेपालको स्वभिमानको रक्षा गरौ, स्वतन्त्र नेपाल जिन्दावाद, लगाएतका नारा लगाउदै तम्घास बजार परिक्रमा गरि लाकुरीमञ्चमा पुगेर कोणसभा गरेका थिए । कोणसभामा बोल्दै अनेरास्ववियुका जिल्ला संयोजक राजेन्द« विक्रम कुवँर नेविसंघ गुल्मीका सभापती सुदर्शन खनाल, अनेरास्ववियु क्रन्तिकारीका कोषाध्यक्ष राजन घिमिरे लगायतले भारतिय हस्तक्षेपको कडा विरोध गर्दै नेपाली स्वभिमानको सम्मान गर्न र अन्तराष्ट्रिय कानुनको पालना गर्न आग्रह गरेका छन् । भारतिय हस्तक्षेपको विरोध कार्यक्रममा उलेख्य संख्यामा विद्यार्थीहरु उपस्थित भएका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण