गृहपृष्ठ » अार्थिक, कृषिराजधानीमा बृहत जुत्ता मेला सुरु

राजधानीमा बृहत जुत्ता मेला सुरु

August 6, 2015५२६ पटक

Shoes
काठमाण्डु, २१ साउन-स्वदेशी जुत्ता उद्योगबाट उत्पादित जुत्ता, चप्पलको प्रयोगकर्ता बढाउने उद्देश्यले बिहीबारदेखि राजधानीका विभिन्न स्थानमा बृहत जुत्ता मेला सुरु भएको छ ।

 

नेपाली जुत्ता घर प्रालिको आयोजनामा काठमाण्डुको जमल र महाराजगन्ज तथा ललितपुरको कुमारीपाटीको बिक्रीबाट निश्चित समयका लागि ७० प्रतिशतको छुटसहित जुत्ताको ‘बृहत समरसेल मेला’ सुरु गरिएको हो ।

 

मेलाको उद्घाटन गर्दै नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले स्वदेशी उत्पादनको प्रयोगबाटै देशको अर्थतन्त्र सबल हुने भएकाले नेपाली उत्पादनलाई प्रयोग गर्न सबैलाई आग्रह गरे ।

 

नेपाली जुत्ता घर प्रालिका अध्यक्ष रामकृष्ण प्रसाईंले विभिन्न ब्रान्डका जुत्ता तथा चप्पलको मौज्दात रहेसम्म मेलालाई निरन्तरता दिइने जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण