गृहपृष्ठ » अार्थिक, कृषि, मुख्य समाचारकम रोपाइँ भए आगामी वर्ष खाद्यान्न सङ्कट पर्न सक्ने

कम रोपाइँ भए आगामी वर्ष खाद्यान्न सङ्कट पर्न सक्ने

August 6, 2015६८६ पटक

images
काठमाण्डु, २१ साउन– पछिल्लो समय खाद्य असुरक्षा बढ्दै गएको छ । वैशाख १२ गएको प्रलयकारी भूकम्प र त्यसपछिका परकम्पनका कारण करीब ४ अर्ब रुपैयाँको खाद्यान्न नष्ट भएपछि खाद्य असुरक्षा बढ्ेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७०/७१ सम्म करिब ७ लाख मेट्रिक टन खाद्यान्न सञ्चित रहेकोमा गत आर्थिक वर्षमा २०७१/७२ मा सञ्चिती घटेर १ लाख ५५ हजार मेट्रिक टनमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षमा नेपालसँग ६० लाख मेट्रिक टन तयारी खाद्यान्न थियो ।

गत आर्थिक वर्षमा २ करोड ८१ लाख नेपालीलाई एक वर्षका लागि ५३ लाख मेट्रिक टन तयारी वा पकाएर खान मिल्ने खानाको आवश्यकता पर्दछ ।

गत आर्थिक वर्षमा न्यूनमात्र खाद्यान्न सञ्चित रहेकोले पानी नपरेर रोपाइँ गर्न सकिएन भने आगामी आर्थिक वर्षमा खाद्यान्न संकट हुने कृषि विकास मन्त्रालयका सह प्रवक्ता शङ्कर सापकोटाले जानकारी दिए ।

हाल भएको खाद्यान्न सञ्चिसतले करीब १० दिनलाई मात्र धान्ने भएपछि मन्त्रालयलाई कसरी उत्पादन बढाउने भन्ने चिन्ता परेको छ ।

‘गत साल समयमा पानी परेन र ढिलो गरी आएको पानीले रोपिएको धान तथा मकै खेत÷बारी बगाएपछि धानको उत्पादन ५ र मकैको उत्पादन ६ प्रतिशतले घटेको थियो,’ उनले भने ‘यस वर्ष त झन गत वर्षको भन्दा पनि कम रोपाइँ भएको छ ।’
चालू आर्थिक वर्षको यो समयमा ७३ दशमलव ७ प्रतिशतमात्र रोपाइँ भएको छ भने गत आर्थिक वर्षमा यो समयमा ७९ दशमलव ३ प्रतिशत रोपाइँ भएको थियो ।
‘विशेष धान उत्पादन हुने तराईका आठ जिल्लामा न्यूनमात्र रोपाइ भएका कारण पनि यस वर्ष खाद्य संकट पर्न सक्ने ठूलो सम्भावना छ,’ उनले भने ‘तराइँका जिल्लामा भदौ दोस्रो सातासम्म पनि धान रोप्ने गरिन्छ ।’

अन्य ठाउँको तुलनामा बढी धान उत्पादन हुने जिल्लामा निकै कम रोपाइँ भएको मन्त्रालयका सह–प्रवक्ता शंकर सापकोटाले बताए । यी जिल्लामा हालसम्म जम्मा ३६ प्रतिशतमात्र रोपाइँ भएको छ । गत आवको यो समयमा यी जिल्लाहरुमा ५३ प्रतिशत रोपाइँ भएको थियो ।

‘चालू आवमा प्रमुख बाली धानको उत्पादन घट्ने सम्भावना देखिएपछि यसको प्रत्यक्ष असर खाद्यान्नमा पर्ने देखिएको छ,’ उनी भन्छन् ।

कृषि तथा सिँचाइ मन्त्रालयले धान बालीको उत्पादन बढाउन तथा खाद्यान्न सङ्कटबाट देशलाई मुक्त गर्न सप्तरी, सिराह, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, वारा, पर्शामा स्यालो टयुवेल जडान गर्ने भएको छ ।

ति जिल्लामा कृषि विकास मन्त्रालय प्रत्येक जिल्लामा ५ सय र सिँचाइ मन्त्रालयले २ सय ओटा टयुवेल जडान कार्यलाई तत्काल अघि बढाउन लागेको सापकोटाले जानकारी दिए ।

सरकारले रोपाइँ हुन नसकेका यस्ता स्थानमा एसआरआई पद्धतिबाट धान रोप्ने कार्यक्रम पनि लागू गर्न लागेको छ । यसका साथै छरुवा धान रोप्न पनि किसानलाई प्रोत्साहन गरिने मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण