सधैका लागि निदाय परियार ।
सुसान आचार्य मलेसिया ,असोज १२ झन्डै १० महिना अधि रोजगारीको सिलसिलामा काठमाण्डौको कोर्मा ओभर्सिज मेनपावर बाट मलेसिया को tastieay sdn bhd कम्पनीमा काम गर्न आयका जाजरकोटका डिल्ली परियार आज बिहान सुतेकै अबस्थामा मिर्त भेटियका छन । कम्पनीको होस्टेल मा हिजो बेलुका सकुशल सुतेका परियार आज बिहान् मिर्त अबस्थामा भेटियका जानकारी उनिसङै सोही कम्पनीमा कार्यरत नेपाली ले दियका छन ।साघुरो कोठामा अत्याधिक चाप हुने गरि झन्डै ६० जना भन्दा बढि कामदार अबय्सथित रूपमा राखेको र प्रयाप्त मात्रामा हावा समेत बहन हुन नसक्ने कोठा भयको कारण निसासियर मिर्तु भएको हुन सक्ने आसङ्खा गरिएको छ । मिर्तक परियार का दुई छोरा र एक छोरी रहेका छन । यस्तै केहि समय अघि मात्र रोल्पाका उमेस रोका समेत सिकिस्त बिरामी भएको र नेपाल पठायको दुई दिनमै मिर्तु भएको भएको थियो ।यसरी कम्पनीमा दिन प्रतिदिन नेपाली कामदार को अकाल मिर्तु भैरहदा समेत कम्पनी जिम्मेवार बन्न नखोजेको तथा ब्यब्स्थापन को कुनै बाटो नदेखायको र घटना लाई सामान्य रूपमा लियको भनी सोही कम्पनीमा कार्यरत नेपाली हरुले घटना बारे नेपाली दूतावास लाई ध्यानाकर्षण गराउने जनायका छन । पछिल्लो समय मलेसियामा सुतेकै अबस्थामा मिर्तु हुनेको सङ्ख्या दिन प्रतिदिन बढदै गय पनि यश बारे भने नेपाली दूतावास ले खासै चासो नदेखायको र बास्तबिकता समेत बुझ्न नखोजेको भनि अधिकाम्स नेपाली ले गुनासो गरेका छन ।