गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचार, समाचारहरुहिन्दी च्यानल रोकेको भन्दै सरकारले माग्यो २४ घण्टे स्पष्टिकरण, कारबाहीको चेतावनी

हिन्दी च्यानल रोकेको भन्दै सरकारले माग्यो २४ घण्टे स्पष्टिकरण, कारबाहीको चेतावनी

September 29, 2015३०८ पटक

काठमाडौं— सरकारले हिन्दी च्यानलको प्रशारण रोकेको भन्दै केबुल टिभी अपरेटरलाई कारवाहीको चेतावनी दिँदै २४ घन्टे स्पष्टिकरण सोधेको छ। भारतको नाकाबन्दीको विरोधमा केबुल टिभी अपरेटरले प्रशारण रोकेका थिए ।
मंगलबार सूचना तथा सञ्चार मन्त्रालयले नेपाल केवल टिभी व्यवसायी महासंघ, नेपाल केवल टेलिभिजन महासंघ, डिसहोम तथा सिम्पल मिडियालाई पत्र काट्दै २४ घण्टे अल्टिमेटन सोधेको हो ।

मन्त्रालयको पत्रमा भनिएको छ, ‘संविधान र राष्ट्रिय प्रसारण ऐनअनुसारका कार्यक्रम प्रसारण गर्नुपर्ने व्यवस्था मिलाउनुपर्नेमा अग्रिम जानकारी नदिई प्रसारण बन्द गरिएको हुँदा त्यस संस्थालाई किन कारवाही नगर्ने ?’

सञ्चार मन्त्रालयको लेटरप्याड प्रयोग भएको पत्रमा नामबिहीन शाखा अधिकृतको हस्ताक्षर छ। मन्त्रालयले २४ घन्टाभित्र स्पष्टिकरण दिन र बन्द गरिएका हिन्दी च्यानल सञ्चालन गर्न निर्देशन दिएको छ।patra

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण