वीरगञ्जमा दंगाग्रस्त क्षेत्र घोषणा र कर्फ्यू हट्यो
१३ असोज, वीरगञ्ज । पर्साको वीरगञ्जमा घोषणा गरिएको दंगाग्रस्त क्षेत्र र कर्फ्यू हटाइएको छ । गत भदौ १४ गतेदेखि दंगाग्रस्त क्षेत्र घोषणा गरिएको थियो भने १५ गतेदेखि रातिको समयमा कर्फ्यू लाग्दै आएको थियो ।
तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाले सरकारसँग वार्तामा बस्ने वातावरण बनाउन दंगाग्रस्त क्षेत्र घोषणा फिर्ता हुनुपर्ने विषयलाई पनि सर्त बनाउँदै आएको छ ।
जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले सुरक्षा स्थिति विश्लेषण गर्दै दंगाग्रस्त क्षेत्र र कर्फ्यू हटाएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।
उनले भने, ‘स्थिति सामान्य होस् भनेर यो निर्णय लिइएको हो ।’