पर्वतको मोदीका कर्मचारीहरु आन्दोलनमा ।।
पर्वत, १४ असोज ।।
पर्वतको चुवा स्थित १० मेघावाट क्षमताको तल्लो मोदीखोला एक जलबिद्युत आयोजनामा कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन । निजी क्षेत्रको युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनामा कार्यरत कर्मचारीले तलब तथा अन्य सुबिधा बृद्धिको माग गर्दै आन्दोलन शुरु गरेका हुन । कम्पनीको नयाँ विनियामवलीमा कर्मचारीको सेवा सुबिधा सम्बन्धी ब्यबस्थाले जागिर र भविश्य नै अन्यौलमा पारेको भन्दै कर्मचारी आन्दोलनमा उत्रेका छन । कर्मचारीले असोज १० गते बिभिन्न माग बुझाउँदै २५ दिने अल्टिमेटम दिएका थिए । तर माग पुरा नभएमा त्यसपछि कम्पनीको काम नै ठप्प पार्ने गरी आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । आयोजनाको शुरुवात देखि नै न्युनतम पारिश्रमीक दिएकोले तलब सुबिधाको बृद्धि गर्न माग गर्दैै आन्दोलन शुरु गरिएको संघर्ष समितिका अध्यक्ष भुवनबहादुर अधिकारीले बताउनुभयो ।