गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचार९ विद्यार्थी संगठनद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण ।।

९ विद्यार्थी संगठनद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण ।।

October 1, 2015१९० पटक

१४ असोज
विभिन्न ९ वटा विद्यार्थी संगठनले भारतले गरेको अघोषित नाकाबन्दीको बारेमा प्रधानमन्त्री सुशील कोइरालाको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री निवास बालुवाटार बिहान पुगेका विद्यार्थी संगठनले कुटनीतिक पहल गरी समस्याको समाधान गर्न र वैकल्पिक व्यवस्था गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री कोइरालाले कुटनीतिक पहल भैरहेको र जतिसक्दो छिटो संवाद तथा वार्ताबाटै समाधान खोज्ने बताउनुभयो । नेविसंघका प्रवक्ता युपी लामिछानेका अनुसार प्रधानमन्त्री कोइरालाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने र भारतको झन्डा जलाउने काम भएको भन्दै कुटनीतिक मर्यादा विपरित कार्य नगर्न विद्यार्थी संगठनलाई आग्रह गर्नु भएको थियो । भारतले अघोषित नाकाबन्दी गरेपछि त्यसका विरुद्ध विभिन्न नौ विद्यार्थी संघ संगठनले संयुक्त आन्दोलन गर्दै आईरहेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण