गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारराष्ट्रपतिद्वारा ६ वटा विधेयक प्रमाणीकरण ।।

राष्ट्रपतिद्वारा ६ वटा विधेयक प्रमाणीकरण ।।

October 1, 2015१९२ पटक

१४ असोज


राष्ट्रपति डा रामवरण यादवले व्यवस्थापिका–संसद्बाट पारित भएका ६ वटा विधेयकको आज प्रमाणीकरण गर्नु भएको छ । नयाँ संविधान जारी भएपछि राष्ट्रपति यादवले पहिलोपटक विधेयक प्रमाणीकरण गर्नु भएको हो । प्रमाणीकरण भएका विधेयकमा विनियोजन ऐन २०७२, आर्थिक ऐन २०७२, राष्ट्र ऋण उठाउने ऐन २०७२, लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐन संसोधन गर्ने ऐन २०७२, केही नेपाल कानुन संशोधन तथा खारेज गर्ने ऐन २०७२ र भूमिसम्बन्धी (छैटौँ संशोधन) ऐन २०७२ रहेका छन् राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १ सय १३ को उपधारा २ बमोजिम ती विधेयकको प्रमाणीकरण गरिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण