गृहपृष्ठ » मुख्य समाचार, समचारगुल्मीका बिद्यार्थीले हस्ताक्षर संकलन गर्ने

गुल्मीका बिद्यार्थीले हस्ताक्षर संकलन गर्ने

October 1, 2015१३४ पटक

गुल्मी असोज १४ ।  भारतीय हस्तक्षेप र अघोषित रुपमा गरेको नाका बन्दीको विरोधमा गुल्मीका विद्यार्थी संगठनले संयुक्त रुपमा संञ्चालन गरेको दोश्रो चरणका बिरोधका कार्याक्रमहरु सार्वजनिक गरेका छन् । सयुक्त बिद्यार्थी संगठनले बिहिबार तम्घासमा बसेको बैठकले दाश्रो चरणका बिरोधका कार्याक्रमहरु सार्बजनिक गरेका हुन । बिद्यार्थी संगठनले भोलि आर्थात शुक्रवार सदरमुकाम तम्घासको लाकुरी मञ्चमा भारतीय हस्तक्षेप र अघोषित रुपमा गरेको नाका बन्दीको विरोधमा हस्ताक्षर संकलन गर्ने, स्वाभीमानलाई बचाउन आफनो उत्पादनलाई प्रोत्साहन स्वरुप दाउँरामा पकाएर कफी खाने कार्याक्रम गर्ने, नाका बन्दीबाट बजारमा कृषिम अभाव सृजना गरि कालो बजारी गर्ने पाहिएमा कडा कारवाही गर्न सम्बन्धी निकायलाई ध्यानकर्षण गराउँने लगायतका महत्व पुर्ण निर्णय गर्दै बैठक सम्पन्न गरिएको नेविसंघ गुल्मीका उपसभापति झबिन्द्र पाण्डेयले बताए ।

संविधान जारी गरिएपछि असन्तुस्ट भारतले अघोषित रुपमा लगाएको नाकावन्दी तथा अन्य राजनैतिक विषयमा अनावश्यक हस्तक्षेप गरेको भन्दै अनेरास्ववियु, नेवि संघ, तथा अनेरास्ववियु क्रन्तिकारीले सयुक्त रुपमा भारतिय हस्तक्षेपको विरोध आन्दोलन गर्दै आएका छन् । विद्यार्थिहरुले भारतीय हस्तक्षेप बन्द गराउन र नेपालको स्वभिमानको रक्षा गर्न भन्दै पहिलो चरणमा ¥याली र भारतिय प्रधान मन्त्रीको पुत्ला जलाएका थिए

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण