गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीतिप्रचण्डसँग ‘फायर’ हुँदै रातिराति बाबुराम वैद्य निवास पुगेपछि…

प्रचण्डसँग ‘फायर’ हुँदै रातिराति बाबुराम वैद्य निवास पुगेपछि…

October 2, 2015४७६ पटक

काठमाण्डु, १५ असोज–  राष्ट्रपति डा. रामवरण यादवले असोज ३ गते संविधानसभाबाट संविधान घोषणा गरेलगत्तै प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मस्यौदा समितिका सभापति कृष्ण सिटौलालगायत नेता तथा सभासद एकआपसमा बधाई साटासाट गर्दै रात्रिभोजमा सहभागी भइरहेका थिए ।

तर, संवैधानिक राजनीतिक संवाद तथा सहमति सहमतिका सभापति बाबुराम भट्टराई भने संविधानसभा निर्वाचन बहिष्कार गरेका नेकपा– माओवादीका अध्यक्ष मोहन बैद्यलाई भेटेर संविधान जारी भएकोमा पश्चताप र आत्मग्लानि गर्न आतुर थिए ।

संविधान घोषणालगत्तै संविधानसभा भवन परिसरमा आतिसवाजी र मुलुकभर दीपावली गरेर खुसीयाली मनाइरहेका बेला भट्टराई वैद्यको धापासीस्थित निवासमा पुगेर आफूबाट गल्ती भएको गुनासो पोखिरहेका थिए ।

‘मलाई खुसीयाली मनाउन, दीपावली गर्न, रमाइलो गर्न र रात्रिभोजमा सहभागी हुन मन लागेन । संविधानसभाबाट बाहिर निस्कनेबित्तिकै तपाईंलाई फोन गरें । फोन लागिहाल्यो अनि म सीधै तपाईंकोमा आएको हुँ,’ भट्टराईले बैद्यसँग भनेका थिए ।

भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले वैद्यसँग माओवादी आन्दोलनको समीक्षा भएको बताए ।
अन्नपूर्ण पोष्टबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण