गृहपृष्ठ » अार्थिकविप्रेषणसम्बन्धी सम्झौता

विप्रेषणसम्बन्धी सम्झौता

October 2, 2015१९९ पटक

काठमाण्डु, १४ असोज-प्रभु मनी ट्रान्सफर अन्तर्गत प्रभु म्यानेजमेन्ट प्रालि र निर्धन उत्थान बैङ्कबीच बिहीबार विप्रेषण सम्झौता भएको छ ।

उक्त सम्झौतानुसार बैंकका देशैभरिका १७६ वटै शाखाबाट अब विप्रेषण कारोबार गर्न सकिने छ ।

प्रालिका तर्फबाट प्रबन्ध निर्देशक कुसुम लामा तथा बैंकका तर्फबाट नायब महाप्रवन्धक भोजराज बस्यालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

पछिल्लो समयमा ग्रामीण क्षेत्रमा सहकारी मार्फत विप्रेषण कारोबारमा सक्रिय प्रभु मनी ट्रान्सफरले सो सम्झौतासँगै लघुवित्त क्षेत्रमा सक्रिय बैंकका सबै शाखाबाट कारोबार गर्न सक्ने छ ।

त्यस्तै विदेशका जुनसुकै कुनामा बसोबास गर्ने नेपालीले प्रालिबाट पठाएको विप्रेषण बैङ्कबाट निकाल्न तथा देशभर नै रकम पठाउन सक्नेछन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण