रसियाले सिरियाली विद्रोहीमाथि आक्रमण गरेको अमेरिकाको आरोप
अमेरिका, १५ असोज– रसियाका युद्धक विमानद्वारा सिआइएले बनाएका तथा तालिम दिलाइएका सिरियाली विद्रोहीलाई आक्रमण गरेको अमेरिकी सिनेटर जोन म्याकाइनले बिहीबार बताएका छन् ।
यदी यो दाबी साँचो भएमा वाशिङटन र मस्कोबीच तनाव सिर्जना गर्नसक्ने कडी हुने समाचारमा जनाइएको छ ।
रसियाको सुरुवाती आक्रमण निशानामा अमेरिकी गुप्तचर संस्था सिआइएद्वारा प्रशिक्षित व्यक्ति तथा समूह परेको सिनेटर म्याकाइनले सीएनएनसँगको कुराकानीमा बताएका हुन् ।
उनले भने, ‘रसियाको यो गतिविधिले सिरियाली राष्ट्रपति बसार अल असादलाई केन्द्रमा राखिएको स्पष्ट बुझ्न सकिन्छ ।’ रासस÷एएफपी