गृहपृष्ठ » अार्थिक, कृषि, मुख्य समाचारभूकम्पपीडितलाई एक अर्ब ७० करोड

भूकम्पपीडितलाई एक अर्ब ७० करोड

October 2, 2015४०७ पटक

नुवाकोट, १४ नुवाकोट-गत वैशाख १२ गतेको भूकम्पबाट पीडितलाई सरकारले जिल्लामा डेढ अर्बभन्दा बढी नगद राहत वितरण गरेको छ । मृतकको परिवारलाई किरिया खर्च, मृतकको परिवारलाई पारिवारिक राहत रकम, घर भत्किएका परिवारलाई राहत रकम, खाद्यान्न राहत, त्रिपाल खरिद, १५ हजार जस्तापाताको रकम सहित गरी एक अर्ब ६९ करोड १३ लाख ४४ हजार ६ सय १५ राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका लेखा अधिकृत रामजी लम्सालले जानकारी दिए ।

nepali-money-a1-445x300

भूकम्पबाट नुवाकोटमा हालसम्म एक हजार एक सय १२ जनाको ज्यान गएको तथा दुई हजार ३ सय ८२ जना घाइते भएका थिए । यसैबीच, प्रजिअ तथा जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक उमेशकुमार ढकालले बुधबार आगामी दिनमा पुनःनिर्माणको योजना बनाइने जानकारी दिए । निमित्त स्थानीय विकास अधिकारी पुष्कर शर्मा रिमालले जिल्लामा आएका सङ्घसंस्थाले पारदर्शी रुपमा काम नगरको गुनासो आइरहेकाले हरेक काम पारदर्शी रुपमा गर्न र सबै कामको विवरण दैवीप्रकोप उद्धार समितिमा दिन आग्रह गरे । नेकपा एमालेका नेता नारायणप्रसाद खतिवडाले एकीकृत बस्ती विकासको अवधारणा ल्याउनु पर्ने बताए । नेपाली कांग्रेसका सचिव लक्ष्मण श्रेष्ठ, एकीकृत नेकपा माओवादीका अध्यक्ष हिरानाथ खतिवडा, एमालेका उपाध्यक्ष विन्दा ढुङ्गाना लगायतले अब राहत वितरणमा नभई सरकारी तथा गैरसरकारी निकाय पुनःनिर्माणमा केन्द्रित हुनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण