दुबईमा प्रदर्शनको तयारीमा नेपाली चलचित्र ‘मेला’
दुबई– नेपाली चलचित्र प्रेमी दर्शकहरुका लागि बिजया दशमी नजिकिदै गर्दा विदेशी भूमी दुबईमा नेपाली कथानक चलचित्र मेला प्रदर्शन हुने भएको छ ।
ब्यावसायिक मुनाफा कमाउने भन्दा पनि सामाजिक परिवेश, भेषभूषा संस्कृतिको जगेर्णा राख्ने उदेश्यले निर्माण गरिएको निर्माता तथा नायक खेम गुरुङ बताउँछन्।
स्याङ्जा सहयोग समाजको सहकार्यमा अक्टोबर ९ तारिक सुक्रबार दिउसो १२ बजे र ३ बजे गरि ईम्पेरियल होटेल बरदुबईमा प्रदर्शन हुने तयारि रहेको मेला चलचित्र बिशेष तमु संस्कृतिमा अधारित नेपाली कथानक चलचित्र हो।
चलचित्रमा चर्चित नायिका अनुता गुरुङको मुख्य भूमिका रहेको छ भने सह९नायक र नायिका क्रमशः शुनिल गुरुङ र रोजी गुरुङ रहेका छन् । संग्राम लामाद्वारा निर्देशन गरिएको चलचित्र नेपालका प्रमुख शहरहरुमा सफल प्रदर्शन पश्चात बिजया दशमीको अबसरमा दुबई शहरमा पनि प्रदर्शनको तयारि गरिएको हो ।
दर्शकलाई पेट मिचीमिची हसाउने हास्य कलाकार खेम गुरुङ रहेका छन् भने खलनायक को भूमिका मोहन गुरुङ ले निभाएका छन।