गृहपृष्ठ » मुख्य समाचार, राजनीतिमधेसी मोर्चाद्वारा वार्ता टोली गठन

मधेसी मोर्चाद्वारा वार्ता टोली गठन

October 4, 2015३६६ पटक

काठमाडौं–आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ। आइतबार संघीय समाजवादी फोरम नेपालको कार्यलयमा बसेको मोर्चाको बैठकले वार्ता टोली गठन गर्ने निर्णय गरेको सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिए।
वार्ता टोलीमा संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत, तमलोपाका महामन्त्री शवेन्द्रनाथ शुक्ला, सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्ण र तराई मधेस सद्भावनाका वरिष्ठ नेता रामनरेश यादव रहेका छन्।
मोर्चाको बैठकले जारी आन्दोलनका कार्यक्रमलाई भने निरन्तरता दिने निर्णय गरेको छ। ‘आम हड्ताल र नाकाबन्दीलाई निरन्तरता दिने निर्णय भएको छ,’ सुनमनले भने,’आन्दोलनरत अन्य मोर्चासँग पनि सहकार्यको लागि पहल गर्ने सहमति भएको छ।’
तीन दलले वार्ता गर्न औपचारिक वार्ता टोली गठन गरेपछि मोर्चाकातर्फबाट पनि वार्ता टोली गठन भएको हो । यसअघि वार्ताको वातावरण बनाउने जिम्मा मोर्चाले तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो । योबीचमा निकै चरणमा सरकार र मोर्चाबीच औपचारिक र अनौपचारिक वार्ता भएका थिए।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण