गृहपृष्ठ » मुख्य समाचार, राजनीति१६ बुँदे हस्ताक्षरकर्ता दलबीच फाटो ल्याउने षड्यन्त्र भयो: दाहाल

१६ बुँदे हस्ताक्षरकर्ता दलबीच फाटो ल्याउने षड्यन्त्र भयो: दाहाल

October 4, 2015२३२ पटक

काठमाडौं–एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले १६ सहमतिका हस्ताक्षरकर्ता दलबीच फुट ल्याउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्।

उनले संविधान जारी गर्न महत्वपुर्ण भूमिका निर्वाह गरेका तीन दलबीचको एकता स्थानीय निकायको निर्वाचन र संघीय प्रदेशको निर्वाचन नभएसम्म कायम हुनुपर्ने उनको भनाइ थियो। आइतबार राजधानीमा एमाओवादीले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संधिवान नचाहने शक्तिले तीन दलबीचको एकता भाँड्न अध्याँरो कोठामा बसेर षड्यन्त्र गरिरहेको बताए। ‘संविधान जारी गर्न एकमत भएका तीन दलबीच फाटो ल्याउने षड्यन्त्र भइरकेको छ,’ दाहालले भने,’संविधान नचाहने शक्ति अहिले अध्यारो कोठामा बसेर तीन दलबीच फाटो ल्याउने काम गरिरहेका छन्। त्यसलाई सफल हुन दिनुहुँदैन।’

संविधान कार्यान्वयन गर्न, स्थानीय निकायको निर्वाचन गर्न तथा प्रदेशसभाको निर्वाचन गर्न सबै दलबीच सहमति आवश्यक रहेको बताएका दाहालले १६ बुँदे सहमतिका हस्ताक्षरकर्ता दलबीचको एकता अपरिहार्य रहेको जिकिर गरे।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण