गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारभारतलाई नेपालको चेतावनी- भित्तामा पुर्‍याउन खोजे चीनबाट तेल ल्याउँछौं

भारतलाई नेपालको चेतावनी- भित्तामा पुर्‍याउन खोजे चीनबाट तेल ल्याउँछौं

October 4, 2015२२६ पटक

नेपाली राजदूत दीपकुमार दिल्लीमा कड्किए

१७ असोज, काठमाडौं । नेपालले भारतलाई पेट्रोलियम पदार्थ आयातमा चीनतर्फ नधकेल्न चेतावनी दिएको छ । नेपालका लागि भारतीय राजदूत दीपकुमार उपाध्यायले अब भारतलाई धेरै कुर्न नसक्ने बताएका छन् ।

Deep-Kumarभारतको सरकारी समाचार एजेन्सी पीटीआईलाई दिएको अन्तरवार्तामा नेपाली राजदूत उपाध्यायले भने- यदि पेलेर नेपाललाई ‘मरता क्या नहीं करता’ को अवस्थामा पुर्‍याउने हो भने हामी अरु देशसँग एप्रोच गर्न बाध्य हुन्छौं ।’

नेपाललाई पेलेर भित्तामा नपुर्‍याउनु उपाध्यायले आग्रह गरेका छन् ।

अन्यत्रबाट तेल आयात गर्दा कठिनाइ हुने भए पनि नेपालले चीन वा अन्य मुलुकसमक्ष प्रस्ताव राख्न सक्ने उपाध्यायले बताए ।

भारतको नेतृत्वले छिटोभन्दा छिटो समस्या समाधान गर्ने आश्वासन दिएको भए पनि व्यवहारमा त्यसो नभएको राजदूत उपाध्यायले बताए । उनले भारतलाई समयसीमा तोक्न आग्रह गर्दै भने-‘मतलब, घण्टा, साता वा महिना ?

भारतविरोधी प्रदर्शन स्वभाविक

राजदूत उपाध्यायले नेपालमा भइरहेको भारतविरुद्ध प्रदर्शनलाई स्वभाविक भनेका छन् । उनले भने-‘जब भारतले भूकम्पको बेला सहयोग गर्‍यो, सबैले प्रशंसा गरे र धन्यवाद दिए । अहिले आपूर्ति रोकेपछि मानिसहरुले प्रदर्शन गरे । यो स्वभाविक हो ।’

 copied from onlinrkhabar
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण