गृहपृष्ठ » अार्थिक, पत्रपत्रीका, मुख्य समाचार, समचारखसीबोकाको माग धान्न अष्ट्रिच मासु बेचिँदै

खसीबोकाको माग धान्न अष्ट्रिच मासु बेचिँदै

October 8, 2015३२५ पटक

२१ असोज, काठमाडौं । भारतको अघोषित नाकाबन्दीको मारमा परेका नेपालीले यसपटकको दशैंमा आफूले चाहेजस्तै खसीबोका मासु खरिद गर्न नपाउने भएका छ ।

Astrijदशैं नजिकिँदै गर्दा बजारमा खसीबोका कमी हुन थालेपछि रुपन्देहीमा विकल्पका रुपमा अष्ट्रिच मासु विक्री गरिने भएको नयाँ पत्रिकामा खबर छ ।

भारतको नाकाबन्दी, तराई आन्दोलन र इन्धन अभावका कारण बुटवलसहितका आसपास बजारमा मागअनुसार खसीबोका उपलब्ध गराउन सक्ने अवस्था नरहेको मासु ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए ।
विगतमा दशैंलाई लक्षित गरी खसीबोका, च्याङ्ग्रा लगायत मासुजन्य जनावरदेखि मासु बजार लगाउने गरिए पनि यसपटक बजार सञ्चालन नगरिने उनले जानकारी दिए ।

नेपालमा खपत हुने मासुका लागि ७५ प्रतिशत मासु भारतबाट आउने गरेकाले यसपटक ल्याउने सम्भावना नदेखिएकाले दशैंका लागि मासु बजार सञ्चालन गर्न सकिने अवस्था नरहेको उनले बताए ।

इन्धन जुटाउन सकिए सुर्खेत तथा मुस्ताङ्बाट थोरै भए पनि खसीबोका र च्याङग्रा ल्याउने सोंच बनाइएको उनले बताए । दशैंमा खसीबोका कमी हुने अवस्था आएपछि बुटवलमा कालोबजारी शुरु भएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण