सहमतिय सरकार गठन गर्ने समयावधि आज सकिदै
२१ असोज ।।
राष्ट्रपति डा. रामवरण यादवको आह्वान अनुसार सहमतिय सरकार गठन गर्ने समयावधि आज सकिदैछ । सहमतिय सरकार गठनका लागि राष्ट्रपति यादवले यही असोज १५ गते एक हप्ताको समय दिदै संसदमा प्रतिनिधित्व गर्ने सवै दलहरुलाई आह्वान गर्नु भएको थियो ।
राष्ट्रपतिको आह्वान पछि नयाँ सरकार गठन गर्ने तयारी गरेका दलहरुका विचमा अझै सहमति जुट्न सकेको छैन ।
संसदको सवै भन्दा ठुलो पार्टी नेपाली काँग्रेसले आफ्नै उमेदवार बनाउने की एमालेका उमेदवारलाई समर्थन गर्ने वा सरकार बाहिर रहने भन्ने बारेमा आज निर्णय गर्ने भएको छ भने नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उमेदवार बनाउने निर्णय गरिसकेको छ ।
दलहरुका विचमा आज साँझ सम्ममा पनि सहमति जुट्न नसकेमा राष्ट्रपति यादवले वहुमतिय आधारमा प्रधानमन्त्री चयन प्रक्रिया अगाडी बढाउन आह्वान गर्नु हुनेछ ।
व्यवस्थापिका संसदलाई १५ गते प्रधानमन्त्री सुशील कोइरालाले सम्बोधन गरे लगत्तै राष्ट्रपतिलाई भेटेपछि नयाँ सरकार गठनको बाटो खुलेको थियो ।