सरकारी निर्णय कार्यान्वयनका लागी गहृकार्य हुदै ।।
२१ असोज ।।
आन्दोलनरत संयुक्त मधेशी मोर्चाको बार्ता टोलीसंग दुई पटक औपचारिक बार्ता गरेको तीन दलिय वार्ता टोलीले आज सरकारी निर्णय कार्यान्वयनका विषयमा गृहकार्य गर्ने भएको छ ।
घाईतेहरुको उपचार गर्नु पर्ने, पक्राउ परेकाहरुलाई रिहा गर्नु पर्ने लगायतका आधारभुत मागहरुलाई पुरा गराएपछि मात्रै राजनितिक विषयमा छलफल गर्ने सर्त उनीहरुले राखेपछि तिन दलिय टोली गृहकार्यमा लाग्ने भएको हो ।
मोर्चाका आधारभुत मागहरु पुरा भएमा भोली राजनितिक विषयमा छलफल गर्ने गरी बार्ता गर्ने मोर्चाका नेताहरुले बताएका छन् ।
मोर्चाले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने, देशका संवैधानिक पदमा अंगीकृत नागरिक पनि नियुक्त हुन पाउनुपर्ने, प्रदेशहरुको अहिलेको सीमांकन परिवर्तन गर्नुपर्ने, तराई मधेसमा दुई सहित समग्रमा ८ प्रदेश बनाउनुपर्ने माग अघि सारेको छ । मोर्चाले संबिधानका बिभिन्न ३५ वटा धारा, उपधारा संशोधनको प्रस्ताव पनि तीन दललाई बुझाएको छ ।