गृहपृष्ठ » मुख्य समाचार, विशेष, शिक्षा, समचारकोरियन भाषा परीक्षामा ८ हजार ४ सय ९० जना उत्तीर्ण, नतिजा थाहा पाउन यहाँ किल्क गर्नुहोस ।

कोरियन भाषा परीक्षामा ८ हजार ४ सय ९० जना उत्तीर्ण, नतिजा थाहा पाउन यहाँ किल्क गर्नुहोस ।

October 8, 2015३७४ पटक
काठमाडौं, असोज २१ – छैटौं कोरियन भाषा परीक्षामा ८ हजार ४ सय ९० जना उत्तीर्ण भएका छन् । उत्पादनमुलक तर्फ पाँच हजार ८ सय १७ र कृषि तथा पशुपालन तर्फ दुई हजार ६ सय ७३ जना उत्तीर्ण भएका छन् । उत्तीर्ण मध्ये सात सय एक जना महिला छन् ।
पुरानो रोष्टरमा थोरै संख्यामा मात्रै कामदार रहेको र परीक्षामा उच्च अंक ल्याउनेहरुको संख्या धेरै भएकाले तोकिएको भन्दा धेरै परीक्षार्थी उत्तीर्ण गराइएको इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले जानकारी दिनुभयो । यसअघि भाषा परीक्षामा ७ हजार १ सय जना मात्रै उत्तीर्ण गराइने बताइएको थियो ।
उत्तीर्णहरुको मंसिरको पहिलो हप्तापछि मात्रै स्वास्थ्य परीक्षण, रोजगार आवेदन दर्ता, स्किल टेस्टलगायतका प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो । भाषा परीक्षामा उत्तीर्ण भएका सबैले सिप परीक्षण (स्किल टेस्ट)मा सहभागी हुन पाउने भएका छन् ।
यसपाली पोखरा केन्द्रमा सहभागी भएर उत्तीर्ण परीक्षार्थीहरुको पोखरामा नै सिप परिक्षण गरिने निर्देशक बाँस्तोलाले बताउनुभयो । यो वर्ष ५१ हजार १ सय ३७ जनाले फारम भरेकामा ४३ हजार ४ सय ६ जना मात्रै परीक्षामा सहभागी भएका थिए ।
परीक्षामा सहभागी मध्ये १९ दशमलव ५ प्रतिशत उत्तीर्ण भएका हुन् । उत्तीर्णहरुको नामावली इपिएस कोरिया शाखाले बिहीबार बेलुकासम्ममा प्रकाशन गर्दैछ । नतिजा www.epsnepal.gov.np मा हेर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण