गृहपृष्ठ » खेलकुद, मुख्य समाचाररुकुममा सर्वाधिक पुरस्कार राशिको फुटबल सुरु ।।

रुकुममा सर्वाधिक पुरस्कार राशिको फुटबल सुरु ।।

October 8, 2015३८५ पटक

रुकुमको रुकुमकोटमा जिल्लाको सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगीता सुरु भएको छ । रुकुम कप नकआउट फुटबल प्रतियोगीता नाम दिईएको प्रतियोगीताको आयोजना सम्बृद्ध समाज नेपालले आयोजना गरेको हो । जिल्लाका १२ वटा फुटबल समुहको सहभागीता रहेको प्रतियोगीताको विजेताले नगद ६० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले ३० हजार नगद र मेडल तथा प्रमाणपत्र हात पार्ने आयोजकले बताएको छ । त्यस्तै प्रतियोगीताबाट बेष्ट प्लेयर, गोलकिपर, डिफेण्डर, मिडफिल्डर र स्ट्राईकर पनि छनौट गरिने छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण