रसुवामा वंगुर पालक व्यवसायी संघ गठन ।।
२१ असोज,रसुवा
रसुवामा आज जिल्ला वंगुर पालक व्यवसायी संघ गठन गरिएको छ । धुन्चेका पेम्वा तामाङको अध्यक्षतामा १५ सदस्य भएको संघ गठन गरिएको हो । जसमा उपाध्यक्षमा काल्स्याङ स्याङवा, सचिवमा मिन बहादुर पुडाशैनी, सहसचिवमा लाक्पा घले, कोषाध्यक्षमा अमिला तामाङ रहनुभएको छ । त्यसैगरी सदस्यहरूमा यसोधा गुरूङ, धुन्चेमा सरस्वती थापा मगर, ठुलोगाँउका अनिस विक, धैबुङका हित वहादुर तामाङ, टिमुरेका कामी घले, यार्साका कान्छा तामाङ, हाकुका तारक्याल लामा, भोर्लेका कुमार ग्याङदान, राम्चेका फुर्वा तामाङ, सल्लाहकारहरूमा दावा साङवो तामाङ, याक बहादुर लिम्वु र रवि घले रहनुभएको छ । वंगुर व्यवसायी संघ केन्द्रिय कार्यलयका अध्यक्ष उमेस कुमार राईका अनुसार रसुवा जिल्ला सहित हालसम्म २० ओटा जिल्लामा संघ गठन भैसकेको छ ।