गृहपृष्ठ » मुख्य समाचार, शिक्षाविश्व दृष्टि दिबसको अबसरमा वामी लगायत जिल्लाका बिभिन्न स्थानहरुम आँखा शिविर सञ्चालन ।।

विश्व दृष्टि दिबसको अबसरमा वामी लगायत जिल्लाका बिभिन्न स्थानहरुम आँखा शिविर सञ्चालन ।।

October 8, 2015२५२ पटक

अनिश गैरे, वामी गुल्मी ।।

२१ असोज ।।

हरेक बर्ष अक्टोबर ८ अर्थात आजकै दिन मनाईने बिश्व दृष्टि दिबसको अबसरमा वामीको एक बिद्यालयमा आँखा शिविर सञ्चालन गरिएको छ । प्राथमीक आँखा उपचार केन्द्र वामीको आयोजनामा वामी मैदानमा रहेको शारदा बिद्या मन्दिर माबिमा कक्षा ४ देखी १० सम्मका २ सय ९२ जना बिद्यार्थीहरुको आँखा चेकजाच गरिएको केन्द्रका अध्यक्ष सुदर्शन शाक्यले जानकारी दिनुभयो ।  त्यसैगरी कक्षा १,२ र ३ का बिद्यार्थीहरुको भोली जाँच गरिने बताईएको छ । कार्यक्रममा केन्द्रका अध्यक्ष सुदर्शन शाक्यको सभापतित्व, सोही बिद्यालयका प्रद्यानाध्यापक ज्ञानहरी सापकोटाको प्रमुख आतिथ्यता, केन्द्रका टोपनारायण शाक्यको बिशेष आतिथ्यता रहेको थियो भने सञलन कोषाध्यक्ष दिनेश खातीले गर्नुभएको थियो । २०६९ सालमा स्थापना भएको केन्द्रमा गुल्मी, बाग्लुङ् रुकुम लगायतका जिल्लाहरुबाट दिनहु १५ देखी २० जना आँखाका बिरामी हरु आउने गरेको क्लिनिक ईन्चार्ज डाक्टर दिपशिखा अर्यालले जानकारी दिनुभयो । आज भएको शिविरमा आँखा डाक्टर अर्यालले चेकजाँच गर्नुभएको थियो ।

यसैबिच दिवसका अवसरमा आज गुल्मी का मजदुरहरलाई निशुल्क आँखा उपचार सेवा प्रदान गरिएको छ ।

नेपाल नेत्र ज्योति संघले  तम्घासमा आयोजना गरेको विश्व  दृष्टि दिवस विशेष समारोहमा विभिन्न क्षेत्रमा काम गर्ने ५४ जना मजुदुर हरुको आँखा परिक्षण गरी उनिहरुलाई निशुल्क उपचार समेत गरिएको थियो । कार्यक्रम नेपाल नेत्र ज्योति संघका केन्द्रिय सचिव भरतबहादुर चन्दको प्रमुख आतिथ्तामा सम्पन्न भएको थियो । समारोहमा स्थानिय विकास अधिकारी डिलाराम पन्थी, सहायक प्रमुख जिल्ला अधिकारी वलाराम अर्यालको विशेष  आथित्यता रहेको थियो । त्यस्तै नेपाली कांग्रेसका उपसभापति भुवन प्रसाद श्रेष्ठ, नेकपा एमालेका कार्यबाहक  अध्यक्ष मधुकृष्ण पन्त, एकिकृत नेकपा माओवादीका सचिवालय सदस्य निमबहादुर पाण्डे, नेकपा–माओवादीका अध्यक्ष विरबहादुर कार्की लगायतका राजनैतिक दलका प्रतिनिधी पनि विशेष आतिथ्यता थियो ।

कार्यक्रममा गुल्मी उद्योग बाणिज्य संघका उपाध्यक्ष दुर्गाप्रसाद पाण्डे, महिला जिल्ला समन्व्य समितिकी उपाध्यक्ष विष्णुकुमारी सापकोटा नेपाल पत्रकार महासंघका सचिव तारा भुसाल , क्याम्पस प्रमुख ढुण्डीराज पोखरेल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल नेत्र ज्योति संघ सचिव अखिलेश्वर प्रसाद पाण्डेल ेविश्व दृष्टि दिवसका वारेमा प्रकाश पारेका थिए ।

संघका कार्यवाहक अध्यक्ष डिल्लीराज भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सह सचिव गुणानिधी शर्माले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण