गृहपृष्ठ » बिचार/ब्लग, मुख्य समाचार, राजनीति, समचारएमाओवादीको निर्णयः एमालेको नेतृत्वमा कांग्रेससहितको सरकार

एमाओवादीको निर्णयः एमालेको नेतृत्वमा कांग्रेससहितको सरकार

October 9, 2015४८६ पटक

सरकारमा सहभागी हुन राखिएको सर्तमा दुई बुँदा थपियो

Prachanda Narayankaji Topbhadur२२ असोज, काठमाडौं । तेस्रो ठूलो दल एकीकृत नेकपा एमाओवादीले एमालेमा नेतृत्वको कांग्रेससहितको सरकार गठन गर्नु पर्ने निष्कर्ष निकालेको छ ।

कांग्रेस र एमाले दुबैले सकारको नेतृत्व दाबी गरिरहेका बेला तेस्रो ठूलो दलले भने बहुमतीय प्रक्रियाबाटै भएपनि सहमतिको सरकार बनाउनु पर्नेमा जोड दिएको छ । साथै उसले १६ बुँदे सहमति गर्दा भद्र सहमति भएको समेत दाबी गरेको छ ।

शुक्रबार बसेको एमाओवादी स्थायी समितिको बैठकले बहुमतीय प्रक्रिया सुरु भएपनि प्रमुख दलहरुको सहमतिमा नै नयाँ सरकार बनाउनु पर्ने ठहर गरेको छ ।

साथै उसले नयाँ संविधान निर्माणका क्रममा प्रमुख चार दलले १६ बुँदे सहमति गर्दा शषिर् नेताहरुबीच सत्ता साझेदारीबारे सहमति भएको दाबी गरेको छ । द्वसंविधान नबन्दासम्म सुशील कोइरालाको नेतृत्व र त्यसपछि एमालेको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको हो’एक पदाधिकारीले भने-‘हामीले एमालेको नेतृत्वमा कांग्रेससहितको सरकार बनाउनुपर्छ भनेका छौं ।’

एमाओवादी र एमाले नेतृत्वले दलहरुबीच भद्र सहमतिको दाबी गर्दै आएको छ । तर, वर्तमान प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले पार्टीको केन्द्रीय समिति बैठकमा नै भद्र सहमतिको दाबीलाई अफबाह भनेका छन् ।

एमाओवादीले सहमतिको सरकार गठनका क्रममा आफ्नो सहभागिताका लागि आठबुँदे सर्त अघि सारेको छ । यही सर्त लिएर कांग्रेस र एमालेसँग छलफल गर्ने निर्णय भएको कोषाध्यक्ष हरिबोल गजुरेलले जानकारी दिए ।

यसअघि पदाधिकारी बैठकले बनाएको छबुँदे सर्तमा शान्ति प्रक्रिया र नाकाबन्दीको विषय थपिएको छ ।

माओवादीले अघि सारेको सर्तमा राष्ट्रिय स्वाधिनतालाई पहिलो बुँदेमा राखिएको छ । राष्ट्रिय सार्वभामिकता, भौगोलिक अखण्ता, स्वाधिनता र स्वाभिमानको पक्षमा दृढ रहने र बैदेशिक हस्तक्षेपविरुद्ध नेपाली जनतामा निहीत सर्वभौमसत्ता र आत्मनिर्णयको अधिकारको रक्षा गर्ने पहिलो बुँदामा उल्लेख छ ।

एमाओवादीले थारु, मधेसी र जनजातिसँथ वार्ता गरी अधिकमत राजनीतिक माग सम्बोधन गर्ने संविधान संशोधन गर्नु पर्ने बताएको छ । उसले भनेको छ, वार्ता, सहमति, संविधान संशोधन र परिर्माजनसहितको नयाँ संविधानप्रति धेरैभन्दा धेरै शक्ति र पक्षहरुको व्यापक स्वीकार्यताको स्थिति सृजना गरेर राष्ट्रिय एकता सुदृढ गरी संविधान कार्यान्वयनको वातावरण बनाउने ।www.onlinekhabar.com

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण