गृहपृष्ठ » देवदह विशेष, बिचार/ब्लग, मुख्य समाचार, समचारमलेसियाका ४० भन्दा बढी कम्पनीद्वारा निशुल्क भिषा र टिकट सहित कामदार माग ।

मलेसियाका ४० भन्दा बढी कम्पनीद्वारा निशुल्क भिषा र टिकट सहित कामदार माग ।

August 6, 2015९०८ पटक

दूतावास भन्छ लिखित सम्झौता बिना नेपाली ल्याउदा सम्स्या रोकिदैन । सुसान आचार्य /उज्यालो लालटिन मलेसिया, साउन २१ – मलेसियाका विभिन्न ठाँउका करिब ४० भन्दा बढी कम्पनीले नेपाली कामदारको मागका लागी निशुल्क भिषा र टिकट सहितको माग पत्र दूतावासमा बुझाएका छन् । ४ सय ६० जना पुरुष र १० जना महिला गरी ४ सय ७० जना नेपाली कामदारका लागि माग पत्र प्रमाणिकरणका लागि दूतावासमा दर्ता भएको मलेसिया स्थित नेपाली दूतावासले जनाएको छ ।तेसैगरी अन्य करिब ३३९ जना महिला र ४२० जना पुरुष को समेत नया माग पत्र दर्ता हुने अबस्थामा रहेको दूतावास को भनाइ छ । नेपाली कामदार माग गर्ने कम्पनीको निरीक्षण गरेपछि माग पत्र स्विकृत गर्ने दूतावासले जनाएको छ । गएको असार २१ गते नेपाल सरकारले मलेसियासँगै खाडी ६ वटा देशमा निशुल्क टिकट र भिषाको व्यवस्था भएका कम्पनीमा मात्रै कामदार पठाउने नियम कार्यान्वयन गरेको थियो । तर म्यानपावर व्यावसायीहरुले भने सरकारी नियम नमान्ने भन्दै आन्दोलन गर्दै आएका थिए । लामो छलफलपछि तत्कालका लागि सरकारी नियम कार्यान्वयन गर्न व्यावसायी केही समय अघि मात्रै सहमत भएका थिए ।। तर यता नेपाली दूतावास मलेसिया ले भने तत्कालीन रूपमा नेपाली हरुलाइ फ्री भिसा र फ्री टिकट को नितिले सहज बनाय पनि मलेसिया को श्रम बजार मा दुई देश को भर्पर्दो श्रम नीति बिना नेपाली कामदार पठाउदा झन ठुलो समस्या देखिन सक्ने भनी चिन्ता व्यक्त गरेको छ ।।लामो समय देखि नेपाली कामदार को प्रमुख गन्तव्य बनेको मलेसियामा मात्र करिब नौलाख नेपाली श्रमिक विभिन्न छेत्रमा काम गर्दै आयका छन तर दुई देस को भर्पर्दो श्रम निति नबन्दा भने धेरै ठुलो समस्या मा नेपाली काम गर्न बाध्य छन ।। तेसैले तत्काल कुटनितिक र राष्ट्रिय पहल मा दुई देश को लिखित श्रम सम्झौता गर्न सरकार लाई ध्यानाकर्षण गराउने जानकारी नेपाली दूतावास मलेसिया ले दियको छ ।।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण