गृहपृष्ठ » मुख्य समाचार, समचारभूकम्पका बेला महिलाले पाएका सेवा, सुविधाका विषयमा अध्ययन सुरु

भूकम्पका बेला महिलाले पाएका सेवा, सुविधाका विषयमा अध्ययन सुरु

October 10, 2015१२३ पटक

गत वैशाख १२ र त्यसपछि गएको भूकम्पका बेला महिलाले पाएका सेवा, सुविधाका विषयमा अध्ययन सुरु भएको छ ।
मानवअधिकारका लागि महिला, एकल महिला समूह (डब्लुएचआर), युएन वुमन र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा पहिलो चरणअन्तर्गत काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका–१३ मा अध्ययन सुरु गरिएको छ । अध्ययनका क्रममा भूकम्पबाट प्रभावित महिलाहरुसँग बृहत् छलफल गरिने बताइएको छ ।
भूकम्पपछि महिलाको सुरक्षाका लागि गरिएका कार्य कतिपय अवस्थामा लैङ्गिक दृष्टिले पनि असुरक्षित बनेकाले यस्ता संवेदनशील विषयमा स्थलगत अध्ययनको आवश्यक भएकाले अध्ययन सुरुभएको समूहकी अध्यक्ष निर्मला ढुङगानाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण