गृहपृष्ठ » समाचारहरुम्याग्दीका स्वास्थ्य संस्थामा औषधिको अभाव

म्याग्दीका स्वास्थ्य संस्थामा औषधिको अभाव

October 10, 2015१७६ पटक

 

म्याग्दीका स्वास्थ्य संस्थामा औषधिको अभाव भएको छ । बेनीस्थित जिल्ला अस्पताल र ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव हुन थालेको हो । टेण्डर गर्न ढिलाइ हुनु र बन्दका कारण स्वास्थ्य मन्त्रालयअन्तर्गतको केन्द्रीय र क्षेत्रीय मेडिकल स्टोरबाट ढुवानी हुन नसक्दा जिल्लामा औषधि आपूर्ति हुन सकेको छैन ।


निःशुल्क वितरणका लागि तोकिएका औषधि गोदाममा सकिएकाले जिल्लाका स्वास्थ्य संस्थामा उपलब्ध गराउन नसकेको जिल्ला स्वास्थ्य कार्यालयको स्टोर शाखाका नायब सुब्बा सुरेश पौडेलले बताउनुभयो ।
सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाउने औषधि सकिएपछि सर्वसाधारण निजी क्लिनिकबाट खरिद गर्न बाध्य भएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण