विद्रोहीलाई दिँदै आएको तालिम फेरबदल गर्ने
अमेरिकी रक्षामन्त्री एस कार्टरले पेन्टागनले सिरियाली विद्रोहीलाई दिँदै आएको तालिम कार्यक्रममा फेरबदल गर्ने बताएका छन् । अमेरिकाले कुर्दिस तथा त्यहाँका अन्य शक्तिसँग काम गर्न थप अभ्यास गर्ने रक्षामन्त्री कार्टरले लन्डनमा पत्रकारसँगको कुराकानीमा बताएका हुन् ।
कार्टरले अमेरिकाले कुर्दिससँग गरेको सहकार्य एउटा सफल तथा जमिनबाट जमिनमा गरिने अभ्यासको राम्रो उदाहरण भएको बताए ।
उनले कुर्दिस जनताबाट अमेरिका थप उत्प्रेरित हुनेसमेत बताएका छन् । यसअघि अमेरिकी अधिकारीले हजारौँ सामान्य विद्रोहीलाई इस्लामिक स्टेट समूहका अतिवादीसँग प्रतिवाद गर्न सैन्य तालिम दिन समस्या परेको जनाएका थिए ।