गृहपृष्ठ » मुख्य समाचार, राजनीतिसुशील कोइराला फेरि प्रधानमन्त्रीको उम्मेदवार

सुशील कोइराला फेरि प्रधानमन्त्रीको उम्मेदवार

October 10, 2015२२४ पटक

काठमाडौं : नेपाली कांग्रेसबाट सुशील कोइराला प्रधानमन्त्रीका लागि उम्मेदवार बन्ने भएका छन्।


कांग्रेसका शीर्ष नेताहरुको शनिबार बिहान बसेको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
मुलुक विशेष परिस्थितिमा रहेको भन्दै  उनलाई नै निरन्तरता दिने निर्णय कांग्रेसले गरेको हो।
संविधान बनेपछि एमालेलाई सरकारको नेतृत्व दिने भद्र सहमतिअनुसार एमालेले आफूले नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएको छ। एमालेले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइसकेको छ।
कांग्रेसको केन्‍द्रीय समितिको बैठक बसेर कोइरालालाई उम्मेदवार बनाउने आधिकारिक निर्णय गर्दैछ।
नयाँ सरकारको नेतृत्व नेपाली कांग्रेसले लिने र सुशील कोइरालाकै नेतृत्वमा जाने सहमति भएको कांग्रेस कार्यलयका सचिव प्रदीप पराजुलीले दिएका छन्।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण