प्रधानमन्त्रीको चुनावमा उपस्थित हुन र ओलीलाई मत दिन एमाओवादीको ह्विप
काठमाडौं, असोज २३ – एकीकृत नेकपा माओवादीले प्रधानमन्त्रीको चुनावमा अनिवार्य उपस्थित हुन र केपी शर्मा ओलीलाई मतदान गर्न ह्विप जारी गरेको छ ।
शनिबार बसेको संसदीय दलको बैठकले आइतबार अनिवार्य उपस्थित भए ओलीको पक्षमा मतदान गर्ने निर्णय गरेको नेता गिरीराजमणी पोखरलले जानकारी दिनुभयो ।
बैठकमा यसअघि असन्तुष्ट रहेका भनिएका सांसद प्रभु साहले आफ्ना केही असहमति भएपनि तिनलाई पार्टी बैठकमै राख्ने तर पार्टीको निर्देशन विपरित नजाने बताउनुभएको थियो । आइतबार संसदमा हुने प्रधानमन्त्रीको चुनावमा एमालेका अध्यक्ष ओली र कांग्रेस सभापति सुशील कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।