गृहपृष्ठ » खेलकुदइटली, बेल्जियम र वेल्स युरोकप २०१६ का लागि छनौट

इटली, बेल्जियम र वेल्स युरोकप २०१६ का लागि छनौट

October 11, 2015२२८ पटक

असोज २४ – इटली, बेल्जियम र वेल्स युरोकप २०१६ का लागि छनौट भएका छन् । शनिबार राति भएका आआफ्नो खेलपछि तीनै राष्ट्रले युरोकपमा स्थान पक्का गरेका हुन् । इटलीले अजरबैजानलाई ३–१ ले हरायो । समुह एचको इटलीका लागि मार्को भराटी, स्टिफन एल शारवे र म्याथियो डार्मियनले एक गोल गरे । अजरबैजानका लागि दिमित्रिभ नाजरोभले एक गोल फर्काए । शनिबार राति नै भएको खेलमा एन्डोरालाई ४–१ ले हराएको बेल्जियमले समुह बी बाट युरोकपमा स्थान बनाउन सफल भएको छ । शनिबार राति भएको खेलमा बोस्निया हर्जगोभिनासँग २–० ले पराजित भएपनि वेल्सले समुह बी बाट युरोकपमा स्थान पक्का गरेको छ । वेल्स सन् १९५८ पछि कुनै पनि प्रमुख प्रतियोगिताको अन्तिम चरणमा पुगेको यो पहिलो पटक हो । अरु खेलमा साइप्रसले इरालयललाई २–१, नर्वेले माल्टालाई २–०, क्रोएशियाले बुल्गेरियालाई ३–०, टर्कीले चेक रिपब्लिकलाई २–० तथा नेदरल्याण्डसले काजकिस्तानलाई २–१ हराएका छन् । यस्तै आइसल्याण्ड र लात्भियाले २–० को बराबरी खेलेका छन् ।

– एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण