गृहपृष्ठ » मुख्य समाचार, राजनीतिदुइटै दल छलफलमा ।।

दुइटै दल छलफलमा ।।

October 11, 2015२१७ पटक

आफ्नो पक्षमा बहुमत कायम राख्न एमाले र बहुमत जुटाउन नेपाली कांग्रेस छलफलमा जुटेका छन् । बिहानैदेखि आन्तरिक र बाह्य छलफलमा नेताहरुको सक्रियता देखिएको छ । कामचलाऊ प्रधानमन्त्री सुशील कोइरालाले अहिले पार्टीका नेताहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा अनौपचारीक छलफल गरिरहनु भएको छ । बिहान नेताहरुसँग आन्तरिक छलफल गरेपछि १० बजे अन्य दलसँग छलफल गर्ने तयारी रहेको उहाँको सचिवालयले जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पनि छलफलमा जुट्नु भएको छ । बिहान निजी निवास बालकोट भक्तपुरमा छलफल भइरहेको छ । एमाओवादी अध्यक्ष प्रचण्डसहितसँग पनि मतदान अगाडी थप छलफल गर्ने केन्द्रीय सचिवालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण