गृहपृष्ठ » मुख्य समाचार, राजनीतिनवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सोमबार सपथ लिने

नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सोमबार सपथ लिने

October 11, 2015१५९ पटक

Kp-Oli-becomes-New-prime-minister-of-nepal-11

२४ असोज, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सोमबार सपथ लिने भएका छन् ।

सोमबार दिउँसो १ बजे सपथको कार्यक्रम तय गरिएको छ । ओलीले राष्ट्रपति डा. रामवरण यादव समक्ष पद तथा गोपनियताको सपथ लिनेछन् ।

आइतबार व्यवस्थापिका संसदमा भएको निर्वाचनले ओलीलाई ३८ औं प्रधानमन्त्री निर्वाचित गरेको थियो । एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकसहिको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

सभामुख सुवास नेम्वाङले शीतल निवास पुगेर संसदमा भएको प्रधानमन्त्री निर्वाचनको मत परिणाम जानकारी गराएका छन् । महासचिव मनोहर प्रसाद भट्टराई लिएर पुगेका निर्वाचन प्रक्रिया ऐतिहासिक भएको भन्दै सबै दल र सिंगो देशले संविधान स्वीकार गरेको बताएका छन् ।

जवाफमा राष्ट्रपतिले पनि खुसी व्यक्त गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण