गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारइन्धन आपूर्ति गर्न २० कम्पनीको प्रस्ताव

इन्धन आपूर्ति गर्न २० कम्पनीको प्रस्ताव

October 12, 2015२९२ पटक

२५ असोज, काठमाडौं । संकटका बेला नेपालमा इन्धन आपूर्ति गर्न २० कम्पनीले इच्छा देखाएका छन् । नेपाल आयल निगमले छोटो समयका लागि इन्धन आपूर्ति गर्न मागेको आशयपत्रमा २० कम्पनीले इच्छा देखाएको निगमका प्रवक्ता दीपक बरालले जानकारी दिएको नयाँ पत्रिकामा खबर छ ।

‘निगमलाई छोटो समयका लागि इन्धन आपूर्ति गर्न २० कम्पनीले इच्छा देखाएका छन्,’ प्रवक्ता बरालले भने ‘अब उनीहरुको प्रस्ताव मूल्यांकन गरी चाँडै निर्णय गछौं ।’

निगमले गत बिहीबार एक सार्वजनिक सूचना जारी गरी १५ दिन सम्मका लागि इन्धन आपूर्ति गर्नका लागि प्रस्ताव आह्वान गरेको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण