फोन गरेर बाबुरामले दिए ओलीलाई बधाई
काठमाडौँ–नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले टेलिफोन गरी बधाई दिएका छन् ।
नयाँ संविधान जारी भएपछि एमाओवादी र संसद् परित्याग गर्नुभएका डा भट्टराईले नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्रीमा निर्वाचित भएकामा गएराति उनको निवास बालकोटामा फोन गरी बधाईसहित कार्यकाल सफलताको कामना गरेको अध्यक्ष ओलीका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिए ।
यसैगरी ओलीलाई बधाई दिन उनको निवास बालकोटमा घुइँचो लागेको छ । गएराति नै सरकारका मुख्यसचिव डा सोमलाल सुवेदी, विभिन्न सचिवहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकलगायत अधिकारीले ओलीलाई बधाई दिएका थिए । ओलीले आज सपथ लिने कार्यक्रम छ ।