गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीतिओलीको सल्लाहकार बन्न को को दौडिए?

ओलीको सल्लाहकार बन्न को को दौडिए?

October 12, 2015२८७ पटक

प्रधानमन्त्री केपी ओलीको सहयोगी टीम कस्तो बन्ला? यसबारेमा एमालेभित्रै बहस सुरू भएको छ । प्रधानमन्त्रीलाई सफल बनाउन उनको निजी सहयोगी टीम निश्वार्थी, जनसम्पर्क भएको र सबै क्षेत्रको ज्ञान भएको हुनुपर्छ भन्ने सबैको मत छ । प्रधानमन्त्रीलाई सघाउनका लागि राजनीतिमा पार्टीको नेताहरू नै लाग्नु पर्नेछ । तर, पनि ओलीले प्रदीप ज्ञवाली वा शंकर पोखरेलमध्ये एकजनालाई प्रमुख राजनीतिक सल्लाहकार बनाउने सम्भावना रहेको स्रोतले जनाएको छ । त्यस्तै प्रेस सल्लाहकारमा प्रमोद दाहालको नाम चर्चामा छ । ओलीलाई संकटको बेलामा र सबैले छाडेका बेलाम समेत साथ दिँदै आएका र ओलीको पक्षमा लागेवापत पार्टीमा कारबाहस् समेत भोगेका दाहाललाई प्रेस सल्लाहकार बनाउन पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराई, उपप्रमुख, उपप्रमुख सूर्य थापा, प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्याल समेत लागेका छन् । प्रेस सल्लाहकारका प्रमुख दावेदार मानिएका प्रेस चौतारीका पूर्वअध्यक्ष शम्भु श्रेष्ठले आफू सल्लाहकार नहुने आशय व्यक्त गरेपछि पूर्व महासचिव दाहालको सम्भावना बढेको हो । उपाध्यक्ष विद्या भण्डारी, सचिव प्रदीप ज्ञवाली। शंकर पोखरेल लगायतका नेताहरूले पनि दाहालको नाम लिएका छन् । दाहादको सबै क्षेत्रका पत्रकारहरूसँग राम्रो सम्बन्ध रहेका कारण पनि उनी त्यसका लागि योग्य रहेको दावी गरिएको स्रोतले जनाएको छ । तर, प्रेस सल्लाहकारका लागि कान्तिपुरका पूर्व प्रमुख सम्बाददाता गोपाल खनाल पनि दावेदार देखिएका छन् । खनाललाई प्रेस सल्लाहकार बनाउन झापाली नेताहरू विशेष गरेर ओलीको निजी सचिवालयमा रहेका देवरा घिमिरे र देवेन्द्र दाहालहरू लागेको चर्चा प्रेस चौतारीमा हुने गरेको साँघुले लेखेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण